प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त,सहकार्यको प्रतिबद्धता

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त,सहकार्यको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र  प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र प्रधानमन्त्री शेहेवाज शरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशका निम्ति सामाजिक सञ्जालमार्फत कृतज्ञता ज्ञापन गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीको कार्यालयको पोष्टमा भनिएको छ, PM@narendramodi, तपाईंको स्नेह र शुभकामनाका लागि धन्यवाद । हाम्रा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि अघि बढाउन म तपाईंसँग निकट रहेर सहकार्य गर्न इच्छुक छु ।”
त्यसैगरी, प्रधानमन्त्री शाहका तर्फबाट पाकिस्तानका सम्माननीय राष्ट्रपति, तपाईंको हार्दिक बधाइका शब्दको लागि धन्यवाद । म तपाईंको भावनाको प्रतिफलस्वरूप हाम्रो सम्बन्धलाई मैत्री र छिमेकीपना भावना अनुरूप अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याउँछु @PresOfPakistan  भनिएको छ ।
यसैगरी, Prime Minister @CMShehbaz तपाईंको हार्दिक बधाइको लागि धन्यवाद । हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ मजबुत बनाउने उद्देश्यले सँगै काम गर्न म तत्पर छु, प्रधानमन्त्रीले भन्नुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो