आवेगमा होइन, विधि अनुसार कारबाही गर्न सरकारलाई काँग्रेसको आग्रह

आवेगमा होइन, विधि अनुसार कारबाही गर्न सरकारलाई काँग्रेसको आग्रह

काठमाडौँ- नेपाली काँग्रेसले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकको पक्राउको विषय एकपक्षीय भएको भन्दै आवेगमा नगई विधि अनुसार कारबाही गर्न आग्रह गरेको छ ।

सनिवार एक विज्ञाप्ति जारी गर्दै काँग्रेसले कांग्रेसले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउनुपर्ने स्पष्ट गर्दै  २३ घटनको विषय मात्र तत्काल कार्यान्वयन गर्न हतारमा पक्राउ प्रक्रिया अघि बढाउनु “सेलेक्टिभ” व्यवहार भएको आरोप लगाएको छ ।

काँग्रेसले अनुसन्धान, अभियोजन र अन्य सम्पूर्ण प्रक्रिया पारदर्शी र विधिसम्मत ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। आवेगमा होइन, विधि अनुसार कारबाही गर्न सरकारलाई आग्रह गर्दै अन्यथा देश पुनः अस्थिरतातर्फ जान सक्ने चेतावनी काँग्रेसले दिएको छ।

नेपाली कांग्रेस ले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाबारे पुनः निष्पक्ष छानबिन र कानुनी प्रक्रिया अपनाउन सरकारसँग आग्रह गरेको छ।

पार्टीले सुरुदेखि नै दुवै दिनका घटनाको निष्पक्ष, कानूनसम्मत र पूर्वाग्रह रहित ढंगले अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने अडान दोहोर्‍याएको छ।

कांग्रेसका अनुसार, घटनाको भोलिपल्ट भदौ २५ गते नै उच्चस्तरीय आयोग गठन गरी छानबिन गर्न माग गरिएको थियो। त्यसपछि भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्का को सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको थियो।

निर्वाचनपछि यही चैत्र ६ देखि ८ गतेसम्म बसेको पार्टी बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो। साथै, भदौ २३ मा राज्य शक्तिको दुरुपयोग र २४ गते भएको विध्वंशका घटनामा संलग्नलाई कानूनी कारबाही गर्न तथा पीडितलाई न्याय दिन पुनः आग्रह गरिएको थियो। काँग्रेसले विज्ञाप्तिमा भनेको छ ।

तर, कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अपारदर्शी रहेको आरोप लगाएको छ। पार्टीका अनुसार, सञ्चार माध्यममा आएका विवरणले आयोगले भदौ २३ का घटनालाई विस्तृत रूपमा समेटे पनि २४ गतेका घटनालाई पर्याप्त ध्यान नदिएको देखिन्छ, जसले विधिको शासन विपरीत काम गरेको संकेत गर्छ। प्रतिवेदन अपूर्ण र एकपक्षीय भएको दाबी काँग्रेसले गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था