डोटीमा जीप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

डोटीमा जीप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आदर्श गाउँपालिका वडा नं. ६ रौसेल्ला खोलास्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी आदर्श गाउँपालिका वडा नं. ३ काँडीस्याउले बस्ने जीप चालक वर्ष अन्दाजी २२ को सुबोध रोकाया र सोही ठाउँका अन्दाजी बर्ष १९ को कैलाश बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गए राती करिब साढे १२ बजेतिर दुर्घटना भएको र करिब १ बजेतिर स्थानियले प्रहरीलाई जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक पदमराज पन्तको कमाण्डमा ९ जनाको टोली खटिएको थियो ।

घटनास्थलमा पुगी जिपको खोजतलास गर्दा सडकबाट अन्दाजी ९ सय मिटर तल साईली खोलामा मृत अवस्थामा फेला परेका र मृतक दुबै जनाको लाश घटनास्थलबाट सडक सम्म ल्याउने कार्य भइरहेको जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा