दाउन्नेमा एकतर्फी सवारी सञ्चालन, यात्रुलाई सास्ती

दाउन्नेमा एकतर्फी सवारी सञ्चालन, यात्रुलाई सास्ती

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डमा एकतर्फी सवारी संचालन भएको छ । वर्षा भए सँगै शुक्रवार देखि अवरुद्ध बनेको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्ने खण्डमा आज बिहान देखि एकतर्फी पालौपालो सवारी संचालन हुन थालेको हो ।

निर्माणको क्रममा रहेको यस दाउन्ने खण्डमा वर्षा भएसंगै सडक चिप्लो र हिलो भएर यातायात अवरुद्ध हुदै आएको छ । अहिले सामान्य रुपमा एकतर्फी संचालनमा आएपनि हिलो सडकमा सवारी साधनलाई दाउन्नेको उकालोमा उक्लन समस्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार आज विहानदेखि एकतर्फी सामान्य रुपमा सवारी पास हुन लागेको छ । अहिले दुम्किवासको ज्यामिरे सम्म करिब पाच किलोमिटर सवारीको जाम रहेको छ ।

तीन दिनदेखि सडक अवरुद्ध हुदा यात्रु र चालकहरु अलपत्र परेका छन । नारायणगढ बुटवल सडक खण्डको अधिकाशं भाग कालोपत्रे भए पनि दाउन्नेको करिब चार किलोमिटर सडक निर्माणको काम समयमै नसकिदा यात्रुले निकै सास्ती झेल्दै आएका छन ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा