‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा पन्तलाई

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा पन्तलाई

वीरगञ्ज- विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्तलाई अर्पण गरिएको छ ।
नेपालको आँखा उपचार सेवाको विकास र अन्धोपन निवारणमा अतुलनीय योगदान पु¥याए वापत प्रदान गरिएको सो पुरस्कारको राशि रु दुईलाख ५१ हजार १११ सहित सम्मानपत्र रहेको छ । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित केडिया आँखा अस्पतालको ५१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा नेत्र विशेषज्ञ डा पन्तलाई सो पुरस्कार अर्पण गरिएको हो ।

नेपालको दोस्रो तथा उपत्यकाबाहिरको पहिलो केडिया आँखा अस्पतालको स्थापना विसं २०३१ साल फागुन १२ गते भएको थियो । अस्पतालले हालसम्म २८ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण तथा ४ लाखभन्दा बढी शल्यक्रिया सम्पन्न गरिसकेको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै पछिल्लो एक वर्षमा मात्र अस्पतालले १ लाख ३७ हजारभन्दा बढी बिरामीको परीक्षण तथा करिब १७ हजार शल्यक्रिया गर्न सफल भएको छ ।

सो समारोहमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ का मल्टिपल काउन्सिलका अध्यक्ष मिलन थापाले आगामी दिनमा अस्पतालद्वारा प्रदान गरिदै आएको गुणस्तरीय र सर्वसुलभ आँखा उपचार सेवालाई अझ बिस्तार गरिने जानकरी दिनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार केडियाले आगामी दिनमा आधुनिक प्रविधियुक्त नयाँ अस्पताल भवन निर्माण तथा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले क्ष्क्इ ९००१ः२०१५ र क्ष्क्इ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरिसकेकोे छ । ”
अस्पतालले सोही अवसरमा बारा तथा पर्सा जिल्लाका सशस्त्र प्रहरी बलको ‘बोर्डर आउटपोस्टहरू’का लागि २८ ‘स्ट्रेचर’ हस्तान्तरण गरिएको थियो भने दृष्टिविहीन विद्यालयलाई थप ३ ‘स्ट्रेचर’ प्रदान गरिएको थियो । साथै, केडिया छात्रवृत्ति कार्यक्रमअन्तर्गत दृष्टिविहीन तथा श्रवण क्षमता कम भएका छ विद्यार्थीलाई जनही रु. ११ हजार का दरले छात्रवृत्ति वितरण गरिएको थियो  ।

नेपाल नेत्रज्योति संघले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ वटा आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको संघले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

कास्कीमा रोपाइँ तीव्र

कास्कीमा रोपाइँ तीव्र

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै