नयाँ सरकार गठनको तयारी रास्वपा, शीर्ष नेताहरु छलफलमा

नयाँ सरकार गठनको तयारी रास्वपा, शीर्ष नेताहरु छलफलमा

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुबै तर्फको अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै अब नयाँ सरकार गठनको प्रकृया अघि बढेको छ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकारको प्रकृया आजैदेखि सुरु गरेको हो । यसका लागि रास्वपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन ।

पार्टी सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरु डीपी अर्याल तथा डा स्वर्णिम वाग्ले लगायतका नेताहरु नयाँ सरकार गठनको तयारीमा लागेका हुन ।

रास्वपाले नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण अगाडि नै सरकार गठनको खाका तयार गर्ने एकजना सांसदले जानकारी दिएका छन । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण चैत्र १२ गते हुँदैछ।

रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने निर्णय निर्वाचन अघि नै गरिसकेको छ । नेता शाहलाई प्रधानमन्त्रीमा चयन गर्नुअघि रास्वपा संसदीय दलको विधान परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच छलफल भइरहेको छ।

निर्वाचन अघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा विजयी हासिल गरेको छ ।

रास्वपा अहिलेको प्रतिनिधि सभामा करिव दुई तिहाईको नजिकै छ।  दुई तिहाईका लागि १८४ सिट संख्या आवश्यक पर्नेमा रास्वपाको १८२ सिट प्रतिनिधि सभामा कायम छ ।

यसैबीच, संघीय संसद सचिवालय सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको हो।

शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गरी जेष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्ने र त्यसपछि अन्य सदस्यलाई शपथ गराउने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ ।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने