आज घोडेजात्रा पर्व मनाईंदै – सार्वजनिक सेवा प्रसारण संस्था

आज घोडेजात्रा पर्व मनाईंदै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना