रास्वपाले भोलिदेखि नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने

रास्वपाले भोलिदेखि नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोलिदेखि दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गर्दैछ ।

भोलि विहान ९ बजेदेखि सो अनुशिक्षण कार्यक्रम ललितपुरको इमाडोलमा हुने छ ।

आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई भोलि र पर्सि अनुशिक्षण कार्यक्रम राखिएको सो पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

पार्टीबाट निर्वाचित प्रत्यक्ष र समानुपातिक दुबै तर्फका सांसदहरुलाई पार्टीको  विधान, अनुशासन, संसदमा प्रस्तुत हुने तरीकालगायतका विषयमा पार्टीका केन्द्रीय नेताहरुले प्रशिक्षण दिने नेता परियारले बताउनुभयो ।

नयाँ सांसदहरुले सञ्चारमाध्यममा बोल्ने तरीका र उठान गर्ने विषय सामाजिक सञ्जालको प्रयोग तथा अन्य पार्टी गतिविधिसँग जोडिएका विषयमा पनि छलफल र प्रशिक्षण हुने उहाँको भनाइ छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले करिव दुई तिहाई बहुमत हासिल गरेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा विजयी हासिल गरेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र