तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

भरतपुर (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो ।

सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान गरिएको छ । तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लड लाइट जडान गरिएको श्रेष्ठले बताउनुभयो । लाइट जडानपछि पहिरो झरेको र ढुङ्गा खसेको सहजै देख्न सकिनेछ । यो सडकखण्डमा ‘ओभरटेक’ नगरी संयमित भइ यात्रा गर्न चालक एवं यात्रीलाई आग्रहसमेत गरिएको श्रेष्ठले बताउनुभयो ।

शुक्रबार मात्र काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको रात्रिबसको क्याबिनमा ढुङ्गा बजारिएको थियो । यद्यपि चालकको होसियारीले दुर्घटना टरेको थियो । तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा पटकपटक सडक अवरुद्ध भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू