चितवनमा तोरीको उत्पादन घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

चितवनमा तोरीको उत्पादन घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

चितवन- जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १.०१ मा झरेको छ । गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लामा १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदै आइएको छ । उहाँका अनुसार तोरी उत्पादनमा कमी आउनु बेमौसमी पानी पर्नु प्रमुख कारण हो । यससँगै किसानले दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता आएको थियो । फूल फुल्ने समयमा हुस्सु लाग्नु र तुसारोका कारण पनि तोरीको उत्पादन घटेको हो ।

चितवनलाई तोरी उत्पादनका लागि महत्त्वपूर्ण जिल्लाका रूपमा लिइँदै आएको छ । नगदे बालीमा पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी लगाउने किसान पनि बढेका हुन् । विशेषगरी जङ्गली जनावरले तोरीमा क्षति नपुर्याउने भएकाले यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते

सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

सुनुवाइ समितिको बैठक आज बस्दै

सुनुवाइ समितिको बैठक आज बस्दै

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै