पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

धनकुटा– लगातार दुई दिनदेखि पहिरो जाँदा धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको हो ।

सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए पनि हिजो बिहानदेखि पुनः पहिरो खस्न थालेपछि समस्या झन् बढेको छ । प्रहरीका अनुसार करिब ३ सय मिटर क्षेत्रमा माटोढुंगा थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सो स्थानमा खटिएका इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार सडक माथिल्लो भागबाट ढुंगा, माटो तथा रुख समेत झरेका कारण यातायात सेवा अवरुद्ध छ । सडक निर्माणको जिम्मा लिएको एप्को इन्फ्राटेच निर्माण कम्पनीले एक्स्काभेटर तथा जेसीभी लगायतका उपकरण प्रयोग गरेर पहिरो हटाउने प्रयास गरिरहेको भए पनि लगातार पहिरो झर्दा काममा कठिनाइ भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ । हाल सो सडक थप चौडा विस्तार गरि स्तरोन्नतिको गर्ने काम भइरहेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

नियमित वर्षापछि काठमाडौँ उपत्यकामा वायुको गुणस्तर सुधार

नियमित वर्षापछि काठमाडौँ उपत्यकामा वायुको गुणस्तर सुधार

थवाङको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

थवाङको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले

रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले

त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा

नाकाबन्दीका थप शिथिल बन्दै इरान

नाकाबन्दीका थप शिथिल बन्दै इरान

रोल्पाको थवाङ-१ स्थित जलजला जाने बाटोमा जीप दुर्घटना, १५ जना गम्भीर घाइते

रोल्पाको थवाङ-१ स्थित जलजला जाने बाटोमा जीप दुर्घटना, १५ जना गम्भीर घाइते