बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया– निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिष्ट पार्टीका विष्णुप्रसाद चौधरीले नौ हजार २८५ मत प्राप्त गर्नुभएको छ ।

२०३९ सालमा जन्मिनुभएका ठाकुर पेशाले कानुन व्यवासयी हुनुहुन्छ । उहाँ ०७९ सालमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार भई पराजित हुनु भएको थियो । ०५६ सालदेखि कम्युनिष्ट राजनीतिबाट २०७९मा नागरिक उन्मुक्ति पार्टी हुँदै २०८२मा रास्वापामा जोडिनु भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा