ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

ललितपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल  विजयी हुनुभएको छ ।

खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गर्नुभएको थियो ।

४३ बर्षीय खरेल लामो समयदेखि पत्रकारिता क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । स्थापित टेलिभिजन पत्रकारको रुपमा रहनु भएका खरेल जेनजी आन्दोलनपछि गठित नागरिक सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभएको थियो ।

आफू राजनीतिमा नआउने भन्दै आउनुभएका खरेलले उमेदवार मनोनयनको केही दिनअघि मात्र रास्वपाबाट निर्वाचनमा प्रतिश्पर्धा गर्ने निधो गर्नुभएको थियो ।

चुनावी सरकारको मन्त्री पदबाट राजिनामा दिएर उहाँ ललितपुर-२ बाट रास्वपाको तर्फबाट निर्वाचनमा होमिनुभएको थियो । स्पष्ट वक्ताको रुपमा समेत चिनिनुहुेन खरेलले सुशासन आफ्नो पहिलो प्राथमिकतामा रहेको दोहोर्‍याउँदै आउनुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीमा परेका ९५ जनाको शव फेला

बाढीमा परेका ९५ जनाको शव फेला

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक

घाइतेको ज्यान जोगाउनु,बेपत्ताको खोजी र पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

घाइतेको ज्यान जोगाउनु,बेपत्ताको खोजी र पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने