आज हातहतियारको होडबाजीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज हातहतियारको होडबाजीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ- आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यो दिवस पहिलो पटक ५ मार्च २०२३ मा औपचारिक रूपमा मनाइएको हो ।

कोभिड–१९ पछिको विश्व परिवेशमा बढ्दो द्वन्द्व, सैन्य खर्चमा वृद्धि तथा आणविक जोखिमका चुनौतीले शान्ति प्रक्रियालाई अझ जटिल बनाएको सन्दर्भमा यस दिवसको महत्व झनै बढेको छ । विज्ञहरूका अनुसार निःशस्त्रीकरण केवल युद्धको अन्त्य मात्र होइन, दिगो शान्तिको आधार पनि हो । यसले मानव सुरक्षा, आर्थिक विकास र सामाजिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास राष्ट्रसङ्घले व्यक्त गरेको छ ।

निःशस्त्रीकरण केवल सैन्य वा राजनीतिक मुद्दा मात्र नभई दिगो विकास, मानव अधिकार र साझा समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । त्यसैले अन्तरराष्ट्रिय सहकार्य र संवादमार्फत मात्र दीर्घकालीन शान्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व समुदायलाई निःशस्त्रीकरणतर्फ ठोस र तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ । उहाँले युद्धका लागि होइन, शान्तिका लागि स्रोत र शक्ति परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कूटनीतिक संवाद, आपसी विश्वास र बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउन सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै