निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन (बिहीबार) मौसम सफा रहने जनाएको छ । आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीबार मुलुकभर वर्षा नहुने जनाएको हो ।

महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिनुभयो । “निर्वाचनको दिन देशभर मौसम सफा रहने छ, हामीले निर्वाचन आयोगका प्रतिनिधिलाई पनि मौसमसम्बन्धी जानकारी दिँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो ।

पौडेलका अनुसार शुक्रबार भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । विभागका अनुसार आज कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । मधेस प्रदेशसहित तराईका भू-भागमा सामान्यतया सफा मौसम रहने जनाइएको छ ।

“बिहीबार देशका अधिकांश भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछन् । उल्लेखनीय वर्षा प्रणाली सक्रिय नदेखिएकाले भारी वर्षाको सम्भावना छैन”, महाचशाखाद्वारा जारी विशेष बुलेटिनमा उल्लेख छ, “शुक्रबार कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ । तराई क्षेत्रका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।”

महाशाखाले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ । आवश्यकताअनुसार बुलेटिन अद्यावधिक गरिने उल्लेख गर्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अद्यावधिक मौसम सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

अर्को वर्ष भेटौँला मनास्लु !

अर्को वर्ष भेटौँला मनास्लु !

मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो

मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो

शिक्षाविद् डा शर्माको निधन – सार्वजनिक सेवा प्रसारण संस्था

शिक्षाविद् डा शर्माको निधन – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था