तारजाली र सीसी क्यामेराको निगरानीमा सिन्धुलीको मतगणना स्थल

तारजाली र सीसी क्यामेराको निगरानीमा सिन्धुलीको मतगणना स्थल

अनिल भण्डारी, सिन्धुली- सिन्धुलीमा तार जाली र सीसी क्यामेराको निगरानीमा हुने गरि मतगणना स्थल तयार पारिएको छ । मतदान भएकै दिन मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने गरि तयारी भएको र मतगणनास्थल समेत तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनको तिब्र तयारीसँगै मतगणना स्थलको समेत तयारीलाई तिब्रता दिइएको हो । दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा माथिल्लो तल्लामा २ नम्बर क्षेत्रको र भुई तल्लामा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना हुने गरि मुख्य निर्वाचन अधिकृतको र निर्वाचन अधिकृतको कार्यालय रहेको भवनमा तयार पारिएको छ । कडा सुरक्षा सहित मतगणनास्थल रहने गरि तयारीलाई तिब्रता दिइएको हो ।

यहि फागुन २१ गते हुने प्रतिनिधि सभा २०८२ को निर्वाचनका लागि सिन्धुलीमा मतपत्र सहित निर्वाचन सामाग्री तयारी अवस्थामा राखिएको र मतदानकेन्द्र तर्फ पठाउने तयारी अन्तिम चरणमा पुगिसकेको कार्यालयले जनाएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकिएको र निर्वाचन स्थलमा खटाइने करिब १६ सय बढी कर्मचारीलाई नियुक्ति पत्र दिएर मतदान केन्द्रतर्फ पठाउने तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो ।

२१ गते रातिनै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसक्ने गरि तयारी गरिएको र मतगणनास्थलको तयारीलाई समेत तिब्रता दिइएको हो । तारजाली सहितको व्यवस्था गरेर सीसी क्यामेराको निगरानीमा रहनेगरि मतगणनास्थल तयारी बनाइएको मुख्य निर्वाचन अधिकृत विष्टले जानकारी दिनुभयो ।

उम्मेदवारहरु मत माग्न मतदाताका घरघरमा जाने क्रमलाई तिब्रता दिइरहँदा यता निर्वाचनका सम्पूर्ण तयारीका चरणहरु पुरा हुँदै गएको सम्बन्धित निकायले जनाएको छ । मतपत्र सहित निर्वाचनका लागि आवश्यक पर्ने सबै सामाग्रीहरु आइसकेको र १७ गतेदेखि मतदानकेन्द्रतर्फ पठाईने कार्यालयले जनाएको छ । मतदानकेन्द्रमा सुरक्षा निकायले निगरानीलाई उच्च बनाएको सुरक्षा निकायले जनाएका छन् ।

जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी राष्टिय अनुसन्धान तथा निर्वाचन प्रहरी गरि ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यक स्थानमा सुरक्षाकर्मी पुगिसकेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एकिकृत सुरक्षा योजना अनुसार सबै सुरक्षा निकाय निर्वाचनको सुरक्षामा खटिएको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो । उहाँले निस्पक्ष निर्वाचन र शान्तिपुर्ण निर्वाचन गराउन सुरक्षा निकाय प्रतिवद्ध रहेकाले ढुक्कले मतदान गर्न मतदातालाई आह्वान समेत गर्नभयो । दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने मतदाताहरुको बुझाई छ । दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा ६ जना स्वतन्त्र सहित २८ जनाले उम्मेदवारी दिनुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल