गाईभैँसीमा थुनेलो रोग – सार्वजनिक सेवा प्रसारण संस्था

गाईभैँसीमा थुनेलो रोग – सार्वजनिक सेवा प्रसारण संस्था

पर्वत- भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ ।

व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा ह्रास आउन नदिनका लागि कार्यालयले जिल्लाका सातवटै पालिकामा पुगेर थुनेलो परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको हो । स्थानीय तहको सहकार्यमा व्यावसायिक रुपमा गाईभैँसीपालन गरिरहेका किसानको गोठमा पुगेर गाईभैँसीमा लाग्ने थुनेलो परीक्षण गरी आवश्यक औषधि उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालयले जिल्लाको विहादी, पैँयू, मोदी, जलजला गाउँपालिकाका विभिन्न वडामा पुगेर गाईबस्तुको स्वास्थ्य परीक्षण गरेको छ । जिल्लाका चार स्थानीय तहमा ५०० गाईभैँसीको थुनेलो परीक्षण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यलयका अनुसार ५०० गाईभैँसीमा गरिएको थुनेलो परीक्षणमा १५० गाई भैँसीमा थुनोलो रोगको सङ्क्रमण भेटिएको छ । थुनेलो परीक्षणसँगै गाईबस्तुको गर्भ परीक्षण, कृत्रिम गर्भाधानमा देखिएका समस्या समाधानलगायका बारेमा गोठमै पुगेर प्राविधिकले उपचार गरेका हुन् । रोग लागेका पशु चौपायाको लागि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको छ । स्थलगत रुपमा गोठमै पुगेर प्राविधिक सेवा पाउँदा किसानहरुले आफूहरुलाई धेरै राहत पुगेको बताएका छन् ।

पहिले पहिले यस्ता खालका रोग लाग्दा उपचार नपाएर भैँसी मासुका लागि बिक्री गर्ने गरेको र गाई छाडा छाड्नुपर्ने अवस्थ भएकोमा अहिले उपचारसेवा पाएपछि फाइदा पुगेको जलजला–८ फर्सेका भक्तबहादुर केसीले बताउनुभयो । कार्यालयले दोस्रो चरणको अभियानअन्तर्गत फलेवास नगरपालिका र कुश्मा नगरपालिकाका व्यावसायिक किसान तथा फार्ममा पुगेर गाईबस्तुको उपचार गर्ने योजना रहेको जनाएको छ । कृषकको सहजताका लागि हरेक वर्ष दुई चरणमा गाईभैँसी, बाख्राको स्वास्थ्य परीक्षण गरेको छ । पर्वतमा यसअघि सबै पशुलाई पूर्ण खोपसमेत लगाइसकिएको कार्यालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर