१०औँ राष्ट्रिय खेलकुद अब निर्वाचनपछि मात्रै

१०औँ राष्ट्रिय खेलकुद अब निर्वाचनपछि मात्रै

काठमाडौं- फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा गरिने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले १०औँ राष्ट्रिय खेलकुद पुन: सार्ने निर्णय गरेको हो ।

पटक-पटक मिति तय हुँदै र सर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि कात्तिक २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले फागुन पहिलो साता गर्ने निर्णय गरेको थियो । त्यसअघि पछिल्लो पटक कर्णाली प्रदेशमा गत जेठ ३ देखि १० गतेसम्म आयोजना हुने गरी मिति तय गरिएको थियो । मिति सरेपनि १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिसकिएको छ । सरकारले मिति सरेपछि आर्थिक वर्ष २०८२,०८३ मा १०औँ आयोजनाका लागि ५४ करोड बजेट पनि विनियोजन गरेको थियो ।

१०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा सात रङ्ग, चन्द्र र सूर्य झन्डा अङ्कित रहेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टलसमेत सार्वजनिक गरेको थियो ।

दुई-दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको पछिल्लो नवौँ संस्करण २०७९ सालमा गण्डकी प्रदेशको राजधानी पोखरामा भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

इजरायल र लेवनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा

इजरायल र लेवनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ