सङ्कटका समयमा राष्ट्रिय सभाले संसद्को गरिमा जोगायोः उपाध्यक्ष घिमिरे

सङ्कटका समयमा राष्ट्रिय सभाले संसद्को गरिमा जोगायोः उपाध्यक्ष घिमिरे

काठमाडौँ-  राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाल सङ्कट र उपलब्धिबीच बितेको बताउनुभएको छ । लोकतन्त्र र संविधानमाथि प्रश्न उठ्ने परिस्थितिमा समेत सभा सञ्चालन गरी संसद्को गरिमा जोगाउने काम भएको उहाँको भनाइ छ ।

सभा सदस्यका रूपमा चार र उपाध्यक्ष पदमा दुई वर्ष भूमिका निर्वाह गर्नुभएको घिमिरे यही फागुन २० गतेदेखि बिदा हँुदै हुनुहुन्छ । आफ्नो कार्यअवधिको अनुभव साट्न आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले राष्ट्रियसभालाई अनुभवी र विज्ञहरूको सभाका रूपमा स्थापित गर्ने प्रयासमा नचुकेको बताउनुभयो ।

उहाँले राष्ट्रिय सभाको भूमिका, विधेयक निर्माण प्रक्रिया र संसदीय अनुभवबारे धारणा राख्नुभयो । प्रतिनिधि सभा नचलेको अवस्थामा पनि राष्ट्रियसभाले अध्यादेश स्वीकृति र विधेयक प्रक्रिया अगाडि बढाएर संसदीय निरन्तरता जोगाएको उहाँको भनाइ थियो ।

अनुभव साट्ने क्रममा उहाँले कोभिड महामारीका कारण प्रारम्भिक दुई वर्ष संसदीय अभ्यास प्रभावित भएको उल्लेख गर्दै निर्वाचित भएर आएपछि संसद् नियमित रूपमा चल्न नपाउँदा अभ्यासमा परेको असरसमेत स्मरण गर्नुभयो । उपाध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा राष्ट्रियसभामा ३८ भन्दा बढी विधेयक दर्ता हुनु महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा मात्र विधेयक केन्द्रित हुँदा प्रक्रिया ढिलो हुने भएकाले दुवै सदनमा समानान्तर दर्ता गर्ने अभ्यास सुरु गरिएको स्मरण गर्नुभयो । राष्ट्रियसभाले विधेयक लामो समय नअड्काउने बाध्यकारी समयसीमा बनाएको पनि उहाँले बताउनुभयो ।

अन्तरक्रियामा उहाँले मिडियाले संसदीय मर्यादाभन्दा बाहिरका चर्का अभिव्यक्तिलाई बढी प्राथमिकता दिने प्रवृत्तिले संसद्प्रति असन्तुष्टि बढेको भन्दै पत्रकारहरूलाई तथ्यगत र मर्यादित बहसको समाचार सामग्रीमा जोड दिन सुझाव दिनुभयो ।

उहाँले सङ्घीयता र समावेशी प्रतिनिधित्वका लागि वर्तमान संरचना उपयुक्त रहेको धारणा राख्नुभयो । प्रदेशगत प्रतिनिधित्व, महिला, दलित र अपाङ्गता भएका व्यक्तिको सहभागिताले राष्ट्रिय सभालाई विशेष बनाएको उहाँको भनाइ थियो । प्रतिनिधिसभाबाट भएका कमजोरी सुधार गर्ने स्थानका रूपमा राष्ट्रियसभाको भूमिकाबारे चर्चा गर्नुभयो ।

यस्तै, समावेशी प्रतिनिधित्वलाई व्यवहारमा सम्मान गर्नुपर्ने धारणा राख्दै उहाँले पूर्वसांसदहरूको अनुभव स्थानीय तहसम्म पुर्‍याउन सके कानुन निर्माणबारे जनस्तरमा बुझाइ बढ्ने रायसमेत व्यक्त गर्नुभयो ।

संवैधानिक व्यवस्थाबमोजिम छ वर्ष पदावधि पूरा गरी एक तिहाइ सभा सदस्य यही फागुन २० गतेदेखि बिदाइ हुँदै हुनुहुन्छ । आगामी फागुन २० गते १९ जना सभासदस्यको पदावधि समय सकिँदैछ । बिदा हुनेमा सांसदहरू इन्दिरा देवी गौतम, तुलसाकुमारी दहाल, देवेन्द्र दाहाल, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, जगप्रसाद शर्र्मा, सुमित्रा बिसी गङ्गाकुमारी बेलवासे, शारदा देवी भट्ट, भगवती न्यौपाने, गोपाल भट्टराई, बेदुराम भुसाल, मृगेन्द्रकुमार सिंह यादव, शेखरकुमार सिंह र गोपीबहादुर सार्की अछामी रहेका हुनुहुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता