दुर्घटनामा मृत्यु भएका १९ जनामध्ये १३ जनाको सनाखत (नामसहित)

दुर्घटनामा मृत्यु भएका १९ जनामध्ये १३ जनाको सनाखत (नामसहित)

धादिङ- धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकास्थित चरौँदी बजार नजिकै भएको सवारी दुर्घटनामा परी मृत्यु हुने १९ जना मध्ये १३ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा व्रिटिस नगारिक अन्दाजी २३ बर्षका डोमीका ईथान, धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्वर ४ का इन्जिनियर ठकुरी, तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका-७ निवासी अन्दाजी ६० वर्षीय विष्णुमाया ढकाल, स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिका १४ निवासी अन्दाजी ६३ वर्षीय चन्द्र बहादुर कुँवर, तनहुँ जिल्ला व्यास नगरपालिका बस्ने अन्दाजी ४५ वर्षीय ओम कुमार मल्ल, कास्की जिल्ला पोखरा महानगरपालिका ३० बस्ने अन्दाजी ३० वर्षीय विवेक बास्तोला, स्याङजा पुतलिबजार नगरपालिका ६ बस्ने अन्दाजी ४५ वर्षीय घनश्याम भुसाल, तनहुँ ब्यास नगरपालिका निवासी ३९ वर्षीय ओम कुमार श्रेष्ठ र सवारी चालक कास्की लामाचौर बस्ने वर्ष २६का सुजित नेपाल रहेका छन ।

यसैगरी, तनहुँको शुक्लागण्डकी गापा-७ निवासी अन्दाजी ५५ वर्षीय रुद्रप्रसाद ढकाल र सोही गाउँपालिका वडा नम्वर २ निवासी अन्दाजी २० वर्षीयअर्चना पौडेल,तनहुँको भिमाद निवासी ५५ वर्षीय हरिप्रसाद सिक्देल र काठमाण्डौँ महानगरपालिका वडा नम्वर ६ बस्ने ४२ वर्षीय लोप्साङ्ग गोलेको पनि दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर