व्यावसायिक स्याउ खेती सुरु गर्दै वैकुण्ठेका किसान

व्यावसायिक स्याउ खेती सुरु गर्दै वैकुण्ठेका किसान

भोजपुर- यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् ।

बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो । गत वर्ष साम्के र तामालुङ गाउँमा मात्रै १०० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार ८०० बिरुवा रोपिएको थियो ।

स्थानीयवासी पाण्डव राईका अनुसार साम्के र तामालुङका ३६ जना किसानले १०० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छन् । वडाको ५० प्रतिशत लागत साझेदारी अनुदानले किसानलाई हौसला मिलेको उहाँले बताउनुभयो । “हामी अहिले व्यावसायिक स्याउ खेतीमा जुटेका छौँ,” राईले भन्नुभयो, “वडाले खेती विस्तारका लागि आवश्यक अनुदान सहयोग गर्दै आएको छ ।”

वडाध्यक्ष एकराज आचार्यका अनुसार वडाभित्रको कृषियोग्य जमिनमा भूगोल र माटो सुहाउँदो खेती प्रणाली अवलम्बन गर्न विशेष जोड दिइएको छ । स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरी किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो । “हामीले स्याउ खेती विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” वडाध्यक्ष आचार्यले भन्नुभयो, “यहाँको माटो र हावापानी स्याउ उत्पादनका लागि उपयुक्त देखिएको छ । यस क्षेत्रलाई स्याउको नमूना क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

यसअघि पनि वडाले व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि नर्सरी स्थापना गरेको थियो । स्थानीय हावापानीमा उत्पादन भएका बिरुवा किसानलाई उपलब्ध गराउने उद्देश्यले नर्सरी सञ्चालन गरिएको वडाको भनाइ छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

काँग्रेसको अधिकारिकता विशेष अधिवेशन पक्षधरलाई, निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वार सदर

काँग्रेसको अधिकारिकता विशेष अधिवेशन पक्षधरलाई, निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वार सदर

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

काँग्रेसमा संसदीय दलको नेता छान्न सकस कायमै

काँग्रेसमा संसदीय दलको नेता छान्न सकस कायमै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

नवनिर्वाचित संसदीय समितिका सभापतिहरुको शपथ सम्पन्न

नवनिर्वाचित संसदीय समितिका सभापतिहरुको शपथ सम्पन्न

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने