धादिङमा यात्रुबस दुर्घटना, १७ जनाको मृत्यु, २४ जना घाइते

धादिङमा यात्रुबस दुर्घटना, १७ जनाको मृत्यु, २४ जना घाइते

शिव सिलवाल, धादिङ- पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको रात्रीबस आज बिहान करिव १ः३० बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- ५ चरौंदी नजिक त्रिशूली नदी किनारमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन ।

मृतकहरुमा ४ जना महिला रहेका छन् । सडकबाट करिब ८० मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तीमा ४५ जना यात्रुहरु रहेको अनुमान छ ।

हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।

मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।

उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको उहाँले जानकारी दिनुभयो ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान