५ बूँदे सहमति – सार्वजनिक सेवा प्रसारण संस्था

५ बूँदे सहमति – सार्वजनिक सेवा प्रसारण संस्था

रौतहट- रौतहटको गौर नगरपालिका-६ सबगढामा दुई दिनदेखि उत्पन्न साम्प्रदायिक तनाव नियन्त्रण तथा स्थायी शान्ति स्थापना गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकले पाँच बुँदे महत्वपूर्ण सहमति भएको हो ।

गत बिहीबार राति ९ः४५ बजेदेखि जन्तीमा बाजा बजाएको बिषयलाई लिएर सुरु भएको विवादले फागुन ८ गते उग्र रूप लिएर दुई समुदाय बीच झडप भएको थियो ।

त्यसपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा ६ बुँदे सहमती गराएर शान्ति सद्भाव कायम गर्न प्रतिबद्धता गरेको १२ घण्टा नबित्दै पुनः धार्मिक सद्भावमा खलल पुयाएर व्यक्तिको घर, सार्वजनिक सम्पत्ती, मन्दिर मस्जिद तथा सवारी साधनहरुमाथि गरिएको तोडफोड आगजनी पश्चात स्थानीय प्रशासनले अवस्थालाई नियन्त्रणमा लिए कडा कदम चाल्दै हिजो दिउँसो १ बजेदेखि कर्फ्यू लगाएको थिय ।

कर्फ्यू आज आइतबार विहान दुई घण्टा खुकुलो पारिए पनि विहानै ९ बजे देखि यथावतै राख्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

सर्वदलीय बैठकका प्रमुख निर्णयहरू

१) घटनाप्रति खेद व्यक्त गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सबै सरोकारवाला पक्षबाट संयुक्त सार्वजनिक अपिल जारी गर्ने ।

२) सबगढामा विवाद समाधानका लागि दुवै पक्षका स्थानीय भद्रभलादमीको सहभागितामा जिल्ला सुरक्षा समितिले औपचारिकअनौपचारिक छलफल तीव्र बनाउने ।

३) घटनालाई तोडमोड गरी सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्तिहरू विरुद्ध आवश्यक कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने ।

४) धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्ने तत्वमाथि निगरानी कडा पारिएको र पक्राउ परेकाहरू दोषी ठहरिए कानुनी कारबाही गर्ने ।

५) जिल्लाभर धार्मिकसामाजिक सद्भाव सुदृढ गर्न नागरिक समाजको अगुवाइमा भोलि बिहान ७ः३० बजे सबगढामा सद्भाव र्‍याली आयोजना गर्ने ।

प्रशासनले रौतहटबाट शान्ति र सद्भावको सन्देश प्रवाह गर्न सबै समुदायलाई संयमता अपनाउन आग्रह गरेको छ । स्थानीयवासीलाई अफवाहमा नलाग्न प्रमुख जिल्ला अधिकारी भुसालले अपिल पनि गर्नुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

अर्को वर्ष भेटौँला मनास्लु !

अर्को वर्ष भेटौँला मनास्लु !

मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो

मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो