निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौँ- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ ।

तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र