रौतहट सदरमुकाम गौरमा कफ्‌र्यु आदेश जारी

रौतहट सदरमुकाम गौरमा कफ्‌र्यु आदेश जारी

रौतहट- जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कफ्‌र्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार शनिबार दिउँसो १ बजे देखि अर्को आदेश नहुन्जेल सम्मको लागि कफ्‌र्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिनुभयो ।

पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कफ्‌र्यु लगाइएको उहाँले बताउनुभयो ।

कफ्‌र्यु लगाइएको क्षेत्रमा कुनै व्यक्ति आवत जावत गर्न, भेला गर्न, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार साँझ भएको ६ बुँदे सहमति विपरित शनिबार बिहान पुनः दुई समुदायबीच झडप भएसँगै अवस्था तनावग्रस्त भए पछि कफ्‌र्यु जारी गरिएको हो ।

बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भएपछि स्थिति नियन्त्रणमा लिन सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप उग्र रूप लिन थालेपछी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोली घटनास्थलमा खटिएका छन् ।

शनिबार गौरको बिभिन्न ठाउँमा भएको झडपमा कैयौँ गाडी जलाइएको छ भने गौर-३ मा रहेको एउटा मस्जिद समेत जलाइएको छ ।

शुक्रबार साँझ भएका वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याइएको थियो ।

बिहीबार राती सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि विवाद चर्किएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा