देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली

देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनुभएको छ ।

पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो ।”

अध्यक्ष ओलीले घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि – सार्वजनिक सेवा प्रसारण संस्था

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती