देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भभागका एकदुई स्थानमा हल्का र वर्षा हिमपातको सम्भावना रहेकाले यातायातका साधन सञ्चालन, कृषि कर्मलगायत अन्य दैनिक गतिविधिमा संग्लन सर्वसाधारण तथा सरोकार भएका सबैलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था