खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।

आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई घारसहितका मौरी वितरण गरिएको छ । कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवद्र्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो । एक कार्यक्रमबीच नगरपालिकाले ९० मौरीसहितका घार कृषक समूह तथा कृषकलाई हस्तान्तरण गरेको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताउनुभयो । मौरीपालनलाई वैकल्पिक मात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिकाले मौरीसहितका घार वितरण गरेको उहाँको भनाइ छ ।

नगरपालिकाले मौरी प्रवर्द्धन अन्तर्गत प्रतिघार १० हजार ८०० रुपैयाँ लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो । कृषकले ५० प्रतिशत मात्र व्यहोर्नु परेको छ । बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको हो यो कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा मौरीपालन प्रवर्द्धन कार्यक्रमका लागि नगरसभाबाट ६ लाख रुपैयाँ विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकलाई तालिम प्रदान गरिने कृषि शाखाले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो -पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो -पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान