शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

अर्घाखाँची छत्रदेव गाउँपालिका–१ स्थित आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सानैदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

“तपाईंहरूले कस्तो खालको शिक्षा दिइरहनुभएको छ, ती विद्यार्थीको नतिजा कस्तो आइरहेको छ भन्ने विषयमा ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “अभिभावकहरूलाई निवेदन गर्न चाहन्छु, आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी राख्नुपर्छ । सानो उमेरदेखि नै अनुशासित बनाउन सक्नुपर्छ । बच्चालाई सानैदेखि मर्यादित र अनुशासित बनायौँ भने, घर र समाज बुझायौँ भने त्यो बच्चाको भविष्य उज्ज्वल हुन्छ ।”

मुख्यमन्त्री आचार्यले गाउँमा विकास पुगेकाले अब गाउँ फर्कन आह्वान गर्नुभयो । विकास निर्माणको दृष्टिकोणले अर्घाखाँचीलाई अन्य पहाडी जिल्लाको तुलनामा उदाहरण दिन लायक जिल्लाका रूपमा विकास गर्दै लगिएको उल्लेख गर्दै उहाँले गाउँगाउँमा कच्ची बाटाहरू पक्की बन्दै गएको, खानेपानीका धारा पुगेको र विद्यालय तथा स्वास्थ्य चौकी स्थापना भएको बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए