निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

राष्ट्रपति भवन शीतलनिवासमा आज गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिनुभएको हो ।

“लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन”, सो भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

सो भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो