अफगानिस्तानमाथि सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

अफगानिस्तानमाथि सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

काठमाडौँ- भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ओभरमा दक्षिण अफ्रिकाले अफगानिस्ताविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

समूह ‘डी’को खेलमा लगातार दोस्रो सुपरओभरमा दक्षिण अफ्रिका विजयी भएको हो ।

दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै १८७ रन बनाएको थियो ।

दुई बल अगावै अलआउट हुँदा अफगानिस्ताले पनि १८७ रन नै बनाएपछि खेल सुपरओभरमा पुगेको हो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन बनाएर १८ रनको लक्ष्य दिँदा दक्षिण अफ्रिकाले पनि १७ रन बनाएपछि पहिलो सुपरओभर फेरि बराबरी खेल्यो ।

दोश्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २४ रन बनाउँदै २५ को लक्ष्य दियो । तर अफगानिस्तान लक्ष्य नजिक पुग्दा अतिरिक्त बलमा भने विकेट गएपछि दक्षिण अफ्रिका विजयी भयो ।

समूहमा ‘डी’मा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेल जित्दा अंक तालिकाको शिर्ष स्थानमा छ । अफगानिस्ताले लगातार दुई खेल नै हारेको छ ।

विश्वकपमा आज २ पटकको विश्व विजेताहरु इङ्ल्याण्ड र वेष्ट इण्डिजबीच खेल भइरहेको छ।

मुम्बईको वाङखेडे क्रिकेट रंगशालामा यो खेल अहिले जारी छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ