नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा देखिएन प्रगति

नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा देखिएन प्रगति

काठमाडौँ- नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा प्रगति शुन्य रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

आज सार्वजनिक गरिएको प्रतिवेदनमा विश्वका १८२ देश समेटिएको सूचकाङ्कमा नेपाल १०० मध्ये ३४ अङ्कसहित मध्यमभन्दा कमजोर अवस्थामै रहेको टिआईको प्रतिवेदनमा उल्लेख छ ।

सूचकाङ्कअनुसार शून्य अङ्क अत्यधिक भ्रष्ट र १०० अङ्क अत्यन्त पारदर्शी मुलुकलाई जनाउँछ । टिआई नेपालका अध्यक्ष मदन शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक इच्छाशक्ति, कानुनको पूर्ण कार्यान्वयन, स्वतन्त्र न्यायपालिका, पारदर्शी प्रशासन र नागरिक सहभागिता सुदृढ गर्नुपर्ने बताउनुभयो ।

गतबर्ष पनि नेपालले ३४ अंक प्राप्त गरेकोमा यसबर्ष पनि ३४ नै कायम रहनुले सुधार हुन नसकेको तथ्य टिआई प्रतिवेदनले औल्याएको हो । छ वटा अन्तरराष्ट्रिय संस्थाबाट सन् २०२५ को अगस्तसम्मका सुशासनसम्बन्धी तथ्याङ्कलाई आधार मानेर नेपालको मूल्याङ्कन गरिएको हो ।

टिआई नेपालले सार्वजनिक गरेको विवरणअनुसार नेपालका लागि सूचकाङ्क निर्धारण गर्दा विश्व बैङ्क, विश्व आर्थिक मञ्च, बर्टेल्सम्यान फाउन्डेसन, ग्लोबल इन्साइट, वल्र्ड जस्टिस प्रोजेक्ट, भी–डेमलगायतका अन्तरराष्ट्रिय संस्थाका तथ्याङ्कलाई आधार बनाइएको उल्लेख गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

निर्वाचनका लागि भारतले गरेको सहयोगको प्रधानमन्त्री कार्कीद्वारा प्रशंसा

निर्वाचनका लागि भारतले गरेको सहयोगको प्रधानमन्त्री कार्कीद्वारा प्रशंसा

नेकपाको चुनावी ‘प्रतिबद्धतापत्र’ सार्वजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

नेकपाको चुनावी ‘प्रतिबद्धतापत्र’ सार्वजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा देखिएन प्रगति

नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा देखिएन प्रगति

फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन