अन्यदलहरुसँग चुनावसँग लक्षित भेटघाट भएको छैन- काँग्रेस प्रवक्ता

अन्यदलहरुसँग चुनावसँग लक्षित भेटघाट भएको छैन- काँग्रेस प्रवक्ता

काठमाडौँ- नेपाली काँग्रेसले  आफ्नो दलले अन्यदलहरुसँग चुनाव लक्षित भेटवार्ता नभएको स्पष्ट पारेको छ ।

पार्टी मुख्यालय सानेपामा विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता देवराज चालिसेल आफ्नो दलले कुनै पनि दलसँग चुनावी गठनबन्धन नगर्ने स्पष्ट पार्दै त्यस्ता कुनै राजनीतिक भेटवार्ता अन्यदलहरुसँग नभएको बताउनु भएको हो ।

‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् । चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’ उहाँले भन्नुभयो ।

प्रवक्ता  चालिसेले अधिनायकवादीहरु मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गर्नु भयो। उहाँले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराउनु भयो ।

विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा धृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको बताउँदै  उहाँले कांग्रेस त्यसप्रति  सचेत रहेको  समेत बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु