अब कांग्रेसभित्र न गुट छ,न भागबण्डा – सभापति थापा

अब कांग्रेसभित्र न गुट छ,न भागबण्डा – सभापति थापा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले काँग्रस भित्र गुट र भागबण्डाको अवस्था समाप्त भएको बताउनु भएको छ ।

शनिबार काठमाडौं–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसभित्र गुटबन्दी र ६०–४० को भागबण्डा अवस्था समाप्त भएको धारणा राख्नु भएको हो ।

‘अब कांग्रेसभित्र न गुट छ, न भागबण्डा’, थापाले भन्नुभयो, ‘पार्टीभित्र र बाहिर सबैलाई समान व्यवहार हुन्छ । पार्टी सभापतिको अँध्यारो कोठामा कसैसँग पनि अप्राकृतिक सम्झौता हुँदैन।’

काँग्रेसले केवल चुनाव जित्ने मात्र नभई नयाँ प्रतिबद्धतासहित देश सम्हाल्ने क्षमता राख्ने पनि उहाँले बताउनु भयो ।

अब नेता–कार्यकर्ताले बदलिएको कांग्रेसको सन्देश घरघरमा पुर्‍याउन आग्रह गर्दै सभापति थापाले अब कांग्रेस पुरानो होइन, जिम्मेवार, समावेशी र जोड्ने राजनीति गर्ने नयाँ युगको कांग्रेस भएको उल्लेख गर्नु भयो ।

पार्टीका स्थानीय नेताहरूले रोक्दा–रोक्दै पनि आफूले जोखिम उठाएको बताउनु हुँदै थापाले देशको नेतृत्व गर्ने हो भने मधेसलाई  र मधेशका मुद्दालाई बुझ्नु पर्ने र आफ्नै मुद्दा बनाउनु पर्ने भन्दै त्यसैका लागि आफु मधेश झरेको बताउनु भयो ।

‘काठमाडौं छाडेर गयो भनेर नभन्दिनु होला, त्यसो भनिदिँदा मलाई दुख्छ’, भन्दै भावुक बनेका थापाले काठमाडौंका नेता–कार्यकर्ता र स्थानीय समुदायसँगको सम्बन्ध निर्वाचनले नटुट्ने बताउनु भयो । आफु तोड्ने राजनीतिमा नभइ जोड्ने राजनीतिमा विश्वास गर्ने र उत्तेजना नभइ चेतनाको राजनीति गर्ने पनि उहाँले बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु