निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व

निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व

गण्डकी– निर्वाचन आचारसंहिताको पालाना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकोमा जोड दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन तथा आपूर्ति व्यवस्थापन विषयमा सम्बद्ध निकायबीच आज आयोजित संयुक्त बैठक एवम् अन्तक्र्रियामा वक्ताहरूले निर्वाचन सफल बनाउन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए ।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन लोकतन्त्रको मुख्य मेरुदण्ड भएका कारण आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचनलाई निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न बनाउन सकिने बताउनुभयो । उहाँले “आचारसंहिताको  प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकाले यो दायित्वलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।”

कास्की जिल्लामा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको विषयमा हालसम्म कुनै उजुरी नपरेको बताउँदै मुख्य निर्वाचन अधिकृत बेलबासेले  सबैको सामूहिक प्रयासबाट निर्वाचनलाई निष्पक्ष एवम् भयरहित बनाउन सकिने बताउनुभयो । निर्वाचनको स्वच्छताले नै सुशासन ल्याउन सक्ने भन्दै यसमा गम्भीर बन्न उहाँले आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा र निर्वाचन आचारसंहिताको अनुगमन एकैसाथ अघि बढ्ने बताउनुभयो । उहाँले संवेशदनशील क्षेत्रमा अझै विशेष ध्यान दिइने र आचारसंहिताको कार्यान्वयनका विषयलाई प्रभावकारी रूपमा अनुगमनसमेत गरिने प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले निर्वाचनलाई निष्पक्ष बनाउन सम्बद्ध सबैको सामूहिक प्रयास हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले निर्वाचन सम्पन्न गराउन आवश्यकपर्ने सबै किसिमका सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले निर्वाचन आचारसंहितामा उल्लेखित विषयबारे जानकारी गराउनुुभयो । कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीका प्रमुख कोष नियन्त्रक रमेश अर्यालले उम्मेदवारले बैंकिङ प्रयोजनका लागि अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था गरिएकाले त्यसको पालना गर्न आग्रह गर्नुभयो ।

जिल्लामा उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि खर्च गर्न पाउने रकमको सीमा तोकेको बताउँदै उहाँले कास्कीको क्षेत्र नं १, २ र ३ मा क्रमशः रु २९ लाख, रु २७ लाख र रु ३१ लाख निर्धारण गरिएको जानकारी गराउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नीतु गड्तौलाले निर्वाचनको प्रचारका क्रममा कुनै पनि जातीय विभेद् हुने खालका अभिव्यक्ति आउन नहुने बताउँदै निर्वाचनमा खटिने महिला कर्मचारीलाई सुरक्षित अनुभूति हुने किसिमले व्यवस्थापन गराउन सुझाव व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नेकपा (एमाले) कास्कीका उपाध्यक्ष भेषराज बराल, नेकपा (माओवादी)का उमेश सिके, नेपाली कम्युनिष्ट पार्टीका खड्ग हमाल, नारी जागरण अभियानका संयोजक अञ्जु केसी, नेपाल कर्मचारी युनियन कास्कीका अध्यक्ष केदार सापकोटा, नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष डिल्लीराम बराललगायतले अचारसंहिता पालना र यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा