नेप्सेमा उच्च अंकको वृद्धि, कारोवार रकममा पनि उल्लेख्य सुधार

नेप्सेमा उच्च अंकको वृद्धि, कारोवार रकममा पनि उल्लेख्य सुधार

काठमाडौँ- साताको पहिलो कारोवार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।

आईतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।

आईतबार ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलव शून्य पाँचको रुपैयाँको कारोबार भएको छ भने सबै समूहको उपसूचक बढेको छ ।

आईतबारको कारोबारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ४३ करोड ५९ लाख ३३ हजार १६२ बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर