भारत सरकारद्वार निर्वाचनका लागि नेपाललाई सवारी साधन हस्तान्तरण

भारत सरकारद्वार निर्वाचनका लागि नेपाललाई सवारी साधन हस्तान्तरण

काठमाडौं– – भारत सरकारले नेपाललाई आगामी निर्वाचन तयारीका लागि दिएको चुनाव सम्बन्धी सहयोगको पहिलो चरण आज गृह मन्त्रालयमा हस्तान्तरण गरिएको छ।

गृहमन्त्रालयमा एक कार्यक्रममका बीच भारतीय दुतावासका उप मिसन प्रमुख राकेश पाण्डेले  गृह मन्त्री ओम प्रकाश आर्याललाई ६० भन्दा बढी डबल-क्याब पिकअप वाहन  तथा अन्य आवश्यक आपूर्ति हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा गृह मन्त्री आर्यालले भारत सरकार र जनता प्रति आभार व्यक्त गर्दै दुई देशबीचको गहिरो सम्बन्धको प्रशंसा गर्नुभयो।  भारत र नेपालको सम्बन्ध केवल राजनीतिक वा आर्थिक मात्र नभई, जनस्तरको मित्रता र विश्वासको प्रतीक पनि भएको उहाँको भनाइ थियो ।

नेपाल सरकारको अनुरोधअनुसार भारतले सन् २००८ देखि चुनाव सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ। यसअन्तर्गत विभिन्न मन्त्रालय र निर्वाचन आयोगलाई करिब २,४०० वाहनहरु उपहारस्वरूप प्रदान भइसकेका छन्। आगामी चुनावका लागि भारतले करिब ६५० वाहनहरू सहयोग स्वरूप प्रदान गर्ने योजना बनाएको छ, जुन आगामी केही हप्तामा चरणबद्ध रूपमा हस्तान्तरण गरिनेछ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने