मकवानपुरमा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता जारी

मकवानपुरमा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता जारी

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ।

हेटौँडा–११ स्थित प्रादेशिक तरकारी थोक बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मनोनयन दर्ताअन्तर्गत हालसम्म विभिन्न ५ राजनीतिक दल र २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् भने प्रमुख राजनीतिक दलहरू मनोनयनका लागि आउने क्रममै रहेक छ्न ।

नेशनल मंगोल अर्गनाइजेसनबाट क्षेत्र नम्बर १ मा युवराज स्याङतान र क्षेत्र नम्बर २ मा हिरालाल स्याङतानले उम्मेदवारी दर्ता गराएका छन्। श्रम संस्कृति पार्टीबाट क्षेत्र नम्बर १ मा विद्या श्रेष्ठ र क्षेत्र नम्बर २ मा युनिश लामा स्याङतान उम्मेदवार बनेका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा क्षेत्र नम्बर १ बाट अर्जुन प्रसाद पाठक र अमिक परियारले मनोनयन दर्ता गराएक छ्न ।

संयुक्त नागरिक पार्टीबाट क्षेत्र नम्बर २ मा प्रजा शुभराजले उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर १ मा उक्त पार्टीको उम्मेदवारी परेको छैन। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट क्षेत्र नम्बर १ मा तेजप्रसाद उप्रेती र क्षेत्र नम्बर २ मा सन्तोष बिष्टले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर १ मा प्रकाश गौतम र क्षेत्र नम्बर २ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराएका छ्न ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार राजनीतिक दलहरूका लागि मनोनयन दर्ताको समय तालिका निर्धारण गरिएको छ। जसअनुसार मंगोल नेशनल अर्गनाइजेसनलाई बिहान १० देखि ११ बजेसम्म, रास्वपालाई ११ देखि १२ बजेसम्म, एमालेका लागि १२ देखि १ बजेसम्म, राप्रपालाई १ देखि २ बजेसम्म, नेकपाका लागि २ देखि ३ बजेसम्म, नेपाली कांग्रेसका लागि ३ देखि ४ बजेसम्म र उज्यालो नेपाल पार्टीका लागि त्यसपछि एक घण्टा समय छुट्याइएक छ ।

स्वतन्त्र उम्मेदवारले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जुनसुकै समयमा पनि मनोनयन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ। प्रमुख दल नेपाली कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू मनोनयन दर्ताका लागि आउन बाँकी रहेको पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ