कार्यतालिका स्थगनको माग गर्दै देउवा समूह निर्वाचन आयोगमा

कार्यतालिका स्थगनको माग गर्दै देउवा समूह निर्वाचन आयोगमा

काठमाडौँ– नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले माघ ६ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

शनिबार बसेको देउवा समुहको केन्द्रीय कार्यसमिमितिको निर्णय बमोजिम शुक्रबार निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेलगत्तै निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै निवेदन दर्ता गराएको हो।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र पूर्वमहान्यायधिवक्ता खम्बबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको निवेदन दर्ता गराएका छन्।

‘निर्वाचन आयोगमो गत शुक्रबारको निर्णयले मुलुकको लोकतान्त्रिक र पुरानो पार्टीलाई निर्वाचनबाट वञ्चित गर्न खोजेको देखिएकाले सर्वोच्चमा रिट दर्ता गरिएको हो’ अधिवक्ता जोशीले भन्नु भयो ।

रिट निवेदनमा नेपाली कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ ।

‘नेपाली कांग्रेसको आधिकारिकता सम्वन्धी विवादको निरोपण नगरी पदाधिकारीको विवरण अध्यावधीक गरी पाउँ भन्ने कथित निवेदनको आधारमा राजनीतिक दल सम्वन्धी ऐन, २०७३ को दफा ५१ आकर्षित गनै नहुने कानुनी व्यवस्थाको प्रयोग गरी, नेपाली कांग्रेस पार्टीका दुवै पक्ष राखी छलफल नगराई, राजनीतिक दल सम्वन्धी ऐन, २०७३ को दफा ४३,४४,४५ र ४६ अनुसार गर्नुपर्नेमा सो नगरी एक पक्षलाई सुनवाईको मौका समेत नदिई माग २ गते को यस आयोगको निर्णयले नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टीलाई दलिय रुपमा निर्वाचनमा जान बञ्चित गरेको देखिन आयो, तसर्थ यस आयोगको उक्त मितिको निर्णय उपर नेपाली कांग्रेस पार्टी निर्वाचन आयोगको निर्णय गैरसंवैधानिक, गैरकानुनी, प्रचलित ऐन कानुन र यसै आयोगले यसभन्दा अगाडी गरेका निर्णय र सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्त समेत विपरित छ’, निवेदनमा भनिएको छ, ‘त्यस उपर आज आईतबार सम्मानीत सर्वोच्च अदालतमा उत्प्रेष्ण परमादेश समेत रिट निवेदन दर्ता गरी आगामी माघ ६ गतेको पेशी समेत तोकी पाएको हुदा उक्त मुद्दाको सम्वन्धमा न्याय निरोपण नभएसम्म आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मनोनयन लगायतका सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरी पाउँ भनि निवेदन लिई उपस्थित भएको छु’ कांग्रेस निर्वाचन आयोगमा दर्ता गरेको निवेदनमा भनिएको छ।

कांग्रेसले निवेदनका साथ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका साथै माघ ६ गतेका लागि पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपी समेत पेश गरेको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

श्रम मन्त्री यादव र युएईका राजदूतबीच भेटवार्ता

श्रम मन्त्री यादव र युएईका राजदूतबीच भेटवार्ता

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

मनसुनयता सरदरभन्दा कम वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

मनसुनयता सरदरभन्दा कम वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री