दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पाँच वर्ष कैद

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पाँच वर्ष कैद

दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०२४ को अन्त्यतिर उहाँले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठवटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालत फैसला हो । ती मुद्दाहरूमा उहाँको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको अभियोजन पक्षको दाबी रहेको छ ।

युनमाथि लागेको सबैभन्दा गम्भीर अभियोगमा उहाँले आफ्नो मार्सल ल कार्यान्वयनका सन्दर्भमा विद्रोहको नेतृत्व गरेको आरोप समावेश छ, जसमा कानूनअनुसार मृत्युदण्डसम्मको सजाय हुनसक्ने प्रावधान रहेको छ । यद्यपि, उक्त गम्भीर अभियोगमा अन्तिम फैसला आउन बाँकी नै छ ।

यस मुद्दासँग सम्बन्धित रूपमा सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उहाँलाई हिरासतमा राख्ने अधिकारीहरूको आदेश अवहेलना गरेको लगायतका अन्य अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । अदालतले यी कार्यहरूलाई कानूनी शासनविरुद्धको गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ ।

यस फैसलापछि युनले तत्काल सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिनुभएको छैन । तर यसअघि एक स्वतन्त्र विशेष वकिलले ती आरोपहरूमा उहाँलाई १० वर्षको जेल सजायको माग गर्दा युनको प्रतिरक्षा टोलीले ती आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको र यस्तो ‘अत्यधिक’ सजायको माग गर्न कानूनी आधार नभएको तर्क प्रस्तुत गरेको थियो ।

डिसेम्बर २०२४ मा युनले अल्पकालीन रूपमा मार्सल ल लागू गरेपछि उहाँको कदमविरुद्ध देशभर व्यापक जनआन्दोलन सुरु भएको थियो । ती प्रदर्शनहरूमा उहाँको निष्कासनको माग चर्किँदै गएपछि अन्ततः उहाँमाथि महाभियोग लगाइयो, पक्राउ गरियो र राष्ट्रपतिको पदबाट बर्खास्त गरियो ।

युनले भने आफ्नो आदेश देशलाई लामो समयसम्म सैन्य शासनमा लैजाने उद्देश्यले नभई आफ्नो एजेन्डामा निरन्तर अवरोध पुर्‍याइरहेको उदारनियन्त्रित संसद्बाट उत्पन्न खतराबारे जनतालाई सचेत गराउन मात्र जारी गरिएको दाबी गर्दै आउनुभएको छ । तर अनुसन्धानकर्ताहरूले भने उक्त आदेशलाई विद्रोह, शक्तिको दुरुपयोग तथा अन्य आपराधिक अपराधको रूपमा व्याख्या गर्दै उहाँले आफ्नो शासन सुदृढ र दीर्घकालीन बनाउन खोजेको निष्कर्ष निकालेका छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति