देउवा नेतृत्वको काँग्रेसले आधिकारिकता नपाए देशभर आन्दोलन गर्ने खड्काको चेतावनी

देउवा नेतृत्वको काँग्रेसले आधिकारिकता नपाए देशभर आन्दोलन गर्ने खड्काको चेतावनी

काठमाडौँ- नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भएको भेला अबैध भएको भन्दै काँग्रेस विभाजन नभएको दावी गर्नुभएको छ ।

आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले काँग्रेसको आधिकारिकताको विषयमा कुनै विवाद नभएको र १४औँ महाधिवेशनबाट निर्वाचित शेरवहादुर देउवा नेतृत्वको कार्यसमिति मात्र आधिकारिक भएको दावी गर्नुभयो ।

उहाँले कथमकदाचित काँग्रेसलाई कमजोर पार्न पार्टी विभाजनको नाममा नेपाली काँग्रेसको आधिकारिकता आफूहरुले नपाए देशैभर शशक्त आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।

नेता खड्काले निर्वाचन आयोगमा आफूहरुले पार्टीको सबै विषय जानकारी गराएको र देउवा नेतृत्वको काँग्रेस बाहेक अन्य कसैलाई पनि काँग्रेसको आधिकारिता दिन नमिल्ने स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसले विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै पार्टीभित्रको विवाद चुलिएको हो ।

काँग्रेसका बहुमत महाधिवेशनको हस्ताक्षरसहित बिशेष महाधिवेशन सम्पन्न भएको भन्दै थापा पक्षले हिजो नै निर्वाचन आयोगमा आफुहरु आधिकारिक भएको पत्र दर्ता गराइसकेको छ ।

गगन थापा सभापति भएको काँग्रेस र शेरबहादुर देउवा सभापति भएको काँग्रेसको अलग-अलग पत्र निर्वाचन आयोगमा दर्ता भएपछि काँग्रेसको आधिकारिकताको विषयमा निर्वाचन आयोगले निर्णय गर्नुपर्ने अवस्था आएको छ।

निर्वाचन आयोगले छिट्टै विधि र पद्धतिको आधारमा काँग्रेसको विवाद किनारा लगाउने जानकारी दिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल