चलचित्र अध्ययनमा स्नातकोत्तर ‘मास्टर इन फिल्म स्टडीज’ कार्यक्रम शुरु

चलचित्र अध्ययनमा स्नातकोत्तर ‘मास्टर इन फिल्म स्टडीज’ कार्यक्रम शुरु

काठमाडौं– नेपालमा पहिलो पटक चलचित्र अध्ययनमा स्नातकोत्तर तहको पढाइ शुरु भएको छ । काठमाडौं विश्वविद्यालय, कला सङ्काय अन्तर्गत भाषा तथा आमसञ्चार विभागले नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडीज’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । विभागले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ विधाको पढाइबारे जानकारी गराएको हो ।

यो शक्षिक कार्यक्रम यहि सन् २०२६ को फेब्रअरी देखि हात्तीबनस्थित ‘स्कूल अफ आर्ट्स’ क्याम्पसमा सञ्चालन हुने विभागले जनाएको छ । अध्ययनले विद्यार्थीहरूलाई फिल्मको सिद्धान्त, इतिहास, सौन्दर्यशास्त्र र सांस्कृतिक अध्ययनका साथै व्यावहारिक रुपमै फिल्म निर्माणको सीप प्रदान गर्ने उद्देश्य राखेको छ ।

६६ क्रेडिट आवर पढाइ हुने दुई वर्षे यस कार्यक्रमले नेपालमा फिल्म अध्ययनलाई औपचारिक शैक्षिक विधाको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ । पाठ्यक्रममा फिल्म प्रोडक्सन, कथानक डिजाइन तथा स्क्रिन राइटिङ, फिल्म फर्म र न्यारेटिभ, नाट्यशास्त्र, कृत्रिम बुद्धिमत्ता र फिल्म, अनुसन्धान पद्धति लगायत फिक्सन तथा नन–फिक्सन फिल्मसम्बन्धी विषयहरू समावेश रहेको त्यसबखत जानकारी दिइयो ।

कार्यक्रममा प्रमखु अतिथिका रुपमा उपस्थित प्रसिद्ध फिल्मकर्मी यादव खरेल, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.लगायत चलचित्रसंग सम्वन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विश्वविद्यालयका भाषा तथा आमसञ्चार विभाग प्रमखु प्राध्यापक निर्मलमणि अधिकारीले फिल्म अध्ययन कार्यक्रमको शुभारम्भ काठमाडौं विश्वविद्यालयका लागि सिर्जनात्मक शिक्षातर्फको एउटा महत्वपूर्ण फड्को भएको बताउनुभयो ।

कार्यक्रमका वक्ताहरुले यो अध्ययनले चलचित्र क्षेत्रमा दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुदै नेपालमा फिल्मिङ स्टुडियो निर्माण, उच्च प्रविधिको प्रयोग, र रियल-टाइम बक्स अफिस प्रणालीको आवश्यकता औँल्याउनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल