विशेष महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदन पारित

विशेष महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदन पारित

काठमाडौँ- नेपाली कांग्रेसको विशेष अधिवेशनबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ।

बन्द सत्रमा पेश भएका दुवै प्रतिवेदन आज पारित भएको छ ।  योसँगै आजका लागि बन्दसत्र सकिएको छ। भोलि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।

प्रतिवेदन पारित गरेपछि बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताउनु भएको छ  ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापन समारोहमा बोल्दै उनले यस्तो बताउनु भएको हो ।  उहाँले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको जिकिर गरे ।

‘यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो ।’ थापाले भन्नुभयो ।

आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ। ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,’ थापाले भन्नुभयो ।

तर कांग्रेस भित्र गिरोहका गुटहरू गिरोह बन्दै गएका  कारण कांग्रेस बदल्न जरूरी रहेको उहाँको भनाइ छ । उहाँले अहिलेको आवश्यकता नै पार्टी समानताको लागि, देशको लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि भएको उल्लेख गर्नुभयो ।

‘अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही टिकटका लागि कोही भागबण्डाको लागि भनेका छन् तर म हल्लाको पछि लागेको छैन। तपाईंहरू पनि नलाग्नुस्। हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन। विशेष महाधिवेशनबाट विश्व गगनलाई सभापति चाहिएको छैन। नीति र नेतृत्व परिवर्तन चाहिएको छ।’ थापाले भन्नु भयो ।

विशेष महाधिवशेनलाई उपलब्धिपूर्ण तरिकाले टुंग्याउनुपर्नेमा जोड दिदै थापले अब हाउसले नै एउटा उपलब्धिपूर्ण तरिकारले आफ्नो अधिकार सुनिश्चित गर्नुपर्नु बताउनु भयो ।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ