महादेवबेँसीमा यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु

महादेवबेँसीमा यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु

मलेखु (धादिङ)- थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए ।

दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो । ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक थापाले भन्नुभयो “मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन । अहिले उद्धारकार्य जारी छ । ”

Source link

संबधित खबर

धेरै पढ़िएको

अण्डाको मूल्यमा भारी गिरावट – सार्वजनिक सेवा प्रसारण संस्था

अण्डाको मूल्यमा भारी गिरावट – सार्वजनिक सेवा प्रसारण संस्था

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

महादेवबेँसीमा यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु

महादेवबेँसीमा यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु

सुख्खा मौसम र हावा नचल्नु प्रमुख कारण – सार्वजनिक सेवा प्रसारण संस्था

सुख्खा मौसम र हावा नचल्नु प्रमुख कारण – सार्वजनिक सेवा प्रसारण संस्था