यि हुन सेयर बजारका १० ठूला कम्पनी

कुल सूचीकृत सेयर संख्याको बजार मूल्य (पूँजीकरण)का आधारमा सेयर बजारको ठूलो कम्पनी हो – विशाल बजार । बुधबारसम्म यस कम्पनीको सबै सेयरको कुल मूल्य २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । पूँजीकरण धेरै भएका कम्पनीले समग्र बजारलाई बढी प्रभाव पार्दछन् ।

विशाल बजारपछि दोस्रो ठूलो कम्पनीमा नेपाल पुनर्बीमा आएको छ । एक वर्षअघिसम्म पहिलो स्थानमा रहेको नेपाल टेलिकम अहिले तेस्रो स्थानमा छ । नेपाल पुनर्बीमाले पनि टेलिकमलाई जितेको छ ।
बुधबारसम्म नेपाल पुनर्बीमाको पूँजीकरण रकम २ खर्ब १२ अर्ब रुपैयाँ छ भने नेपाल टेलिकमको १ खर्ब ६५ अर्ब रुपैयाँ छ । बजारको चौथो ठूलो कम्पनी हो– नबिल बैंक ।

बुधबारसम्म यस बैंकको पूँजीकरण रकम १ खर्ब ४९ अर्ब रुपैयाँ छ । पाँचौंमा रहेको नागरिक लगानी कोषको १ खर्ब ३२ अर्ब रुपैयाँ छ । त्यसपछि बजारका ठूला कम्पनीमा क्रमशः हिमालयन रिइन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एचआईडीसीएल हुन् ।
बुधबारसम्म हिमालयन रिइन्स्योरेन्सको पूँजीकरण १ खर्ब १७ अर्ब, ग्लोबल आईएमईको ९९ अर्ब ८९ करोड, एभरेष्ट बैंकको ९९ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगाको ८० अर्ब तथा एचआईडीसीएलको ७९ अर्ब रुपैयाँ छ ।

संबधित खबर

धेरै पढ़िएको

oli deuba

ओली-देउवा वार्ता भोलि, को-को मन्त्री फेरिंदैछन्

bonus share

१९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ब्लुचिप फण्डले

Loadshedding-Stages-Explained

आजबाट यी क्षेत्रमा भोलि ६ घण्टा लोडसेडिङ (तालिकासहित)

111

दोस्रो महिला फुटसल च्याम्पियनसिप भदौ १८ मा

baithak-samsad

रास्वपा र राप्रपा ५९ औं दिन पनि संसद् बाहिरिए

share_marketing_nepal_

यि हुन सेयर बजारका १० ठूला कम्पनी

9

सामाजिक सञ्जाल र हाम्रो जीवन