विद्यार्थीको विदेश मोहमा सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोहमा सेडाको अनुसन्धान

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले नेपाली विद्यार्थीको विदेश मोहको कारण र आकर्षणबारे अनुसन्धानका लागि राष्ट्रिय कार्यशाला आयोजना गरेको छ ।

विद्यार्थीलाई विदेश जान मन लाग्नुका तथ्यगत विषयवस्तु र त्यसलाई के कति कारणले उत्प्रेरित गरिरहेको छ, भन्ने विषयमा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा ‘स्टुडेन्ट आउटमाइग्रेसन फ्रम नेपाल ः डाइभर्स एण्ड पोलिसी रेस्पोन्स’ शीर्षकमा अध्ययन हुन लागेको हो ।

अनुसन्धानले उच्चमाध्यामिक तथा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थी, अभिभावक लगायतका सरोकार भएका पक्षसँग गहिरो अनुसन्धान र समीक्षा गरी नेपाल सरकारलाई नीतिगत पृष्ठपोषण प्रदान गर्ने जनाइएको छ ।

सेडाका कार्यकारी निर्देशक प्राडा अर्जुनकुमार बरालले पछिल््लो समयमा नेपाली विद्यार्थीहरु विदेशका कैयौ मुलुकमा अध्ययनका लागि गइरहेको अवस्थामा त्यसको आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक एवं प्राविधिक कारणहरुका बारेमा अध्ययन गर्न लागिएको बताउनुभयो ।

अनुसन्धानमा सेडाका तर्फवाट कार्यकारी निर्देशक प्रा डा बराल र डा राम कुमार फुयाल, कृषि तथा वन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा ऋषिराम कट्टेल र अर्थशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक नवीन अधिकारी संलग्न हुनुहुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विद्यार्थीको विदेश मोहमा सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोहमा सेडाको अनुसन्धान

फ्रान्समा डढेलोका कारण ४० हजार विस्थापित

फ्रान्समा डढेलोका कारण ४० हजार विस्थापित

गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार

गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार

नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि प्रधानमन्त्रीको प्रतिवद्धता

नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि प्रधानमन्त्रीको प्रतिवद्धता

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँः गृहमन्त्री

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँः गृहमन्त्री

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्