सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

मलेखु (धादिङ)- बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषा (नेवारी)लाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएसँगै यसको व्यवहारिक व्यवहारिक कार्यान्वयनका लागि तयारी सुरु भएको छ ।

सरकारी कामकाजमा रैथाने भाषाको प्रयोगले सेवा प्रवाहलाई सरल, समावेशी र पारदर्शी बनाउन मद्दत पुग्ने अपेक्षासहित सरकारले कामकाजको भाषा कार्यान्वयनको नीति अगाडि सोरेको छ । सोहीअनुसार कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सोमबार धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूका लागि प्रशिक्षणसमेत दिइएको छ ।

भाषा आयोगका पूर्वकायममुकायम सचिव तथा शिक्षा र खेलकुद मन्त्रालयका उपसचिव डा लोकबहादुर लोप्चानले स्थानीय नागरिकले आफ्नै मातृभाषामा सरकारी सेवा पाउँदा राज्यप्रतिको अपनत्व र विश्वास बढी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएकाले त्यसको कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रमलाई तीव्र पारिएको बताउनुभयो ।

यहाँको धादिङबेँसीमा आयोजित प्रशिक्षणमा सरकारी कामकाजको भाषा कार्यान्वयनमा भाषा आयोग तथा अन्य निकायको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै उहाँले मातृभाषामा सेवा प्रवाह हुँदा नागरिकको राज्यप्रतिको पहुँच सहज बन्ने बताउनुभयो । “सरकारी कामकाजमा स्थानीय भाषा प्रयोग गर्दा आमनागरिकले आफ्ना समस्या र आवश्यकता स्पष्टसँग राख्न पाउँछन् । यसले आपसी सद्भाव, सुशासन र राज्यप्रति अपनत्व बढाउँछ”, डा लोप्चानले भन्नुभयो ।

नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष मोहन गोले तामाङले स्थानीय तहमा भाषिक अधिकार कार्यान्वयनका लागि अब अलमल नगरी तत्काल आवश्यक नीति, जनशक्ति र स्रोतसाधनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । सरकारी कामकाजमा मातृभाषाको प्रयोगले ओझेलमा परेका समुदायलाई राज्यको मूलधारमा ल्याउन मद्दत पुग्ने भन्दै उहाँले प्रदेश सरकारको निर्णयलाई स्थानीय सरकारले तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

नेवाः देय दबूका सत्यनारायण डङ्गोलले दुवै भाषाको संरक्षणमा तामाङ र नेवार समुदायबीच सहकार्य हुनुपर्ने बताउनुभयो । सबै भाषाभाषी, वेशभूषा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्दै उहाँले शिक्षा प्रणालीमा पनि स्थानीय भाषा शिक्षालाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।

नेपालको संविधानले सुनिश्चित गरेको भाषिक अधिकार र सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनको योजना, चरण तथा अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै उहाँले स्थानीय सरकारलाई भाषामैत्री नीति र बजेट बनाउन आग्रह गर्नुभयो ।

नेपाल भाषा र तामाङ भाषाको प्रयोगलाई पालिकास्तरमा संस्थागत गर्ने उद्देश्यले नेपाल तामाङ घेदुङ र नेवाः देय दबूको आयोजना तथा बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा यहाँ प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षणमा सहभागी जनप्रतिनिधिहरूले प्रदेश सरकारको निर्णयलाई आफ्नो पालिकामा पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो क्षेत्रमा तामाङ र नेपाल भाषामा सेवा प्रवाह सुरु गर्न आवश्यक कार्यविधि र नीति बनाउने, अनुवादक तथा जनशक्ति व्यवस्थापन गर्ने विषयमा सकारात्मक ढङ्गबाट अघि बढ्ने उहाँहरूको भनाइ थियो ।

बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरे पनि स्थानीय तहमा आवश्यक नीति, बजेट र जनशक्तिको अभावमा त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित