नदी किनारका बस्ती हटाउँदा प्रभावित परिवारलाई मासिक राहत र पुनर्स्थापना खर्च

नदी किनारका बस्ती हटाउँदा प्रभावित परिवारलाई मासिक राहत र पुनर्स्थापना खर्च

काठमाडौं – सरकारले जोखिमयुक्त बस्तीका परिवारलाई २५ हजार पुनर्स्थापना खर्च, तीन महिनासम्म बसोबास भत्ता उपलब्ध गराउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई पुनर्स्थापना तथा बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

निर्णयअनुसार प्रभावित परिवारलाई विवरण रुजु गरी प्रति परिवार एकमुष्ट २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिइनेछ ।

साथै पाँच सदस्यसम्म भएका परिवारलाई मासिक १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएका परिवारलाई प्रति सदस्य थप २ हजार रुपैयाँका दरले हाललाई तीन महिनासम्म बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइनेछ ।

वृद्ध, अशक्त, असहाय तथा आफैँ व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएका होल्डिङ सेन्टरमा राख्ने निर्णय पनि सरकारले गरेको छ । बालबालिका तथा विद्यार्थीको पठनपाठन, विद्यालय र स्वास्थ्य सेवा सुविधाको सुनिश्चितता स्थानीय तहसँगको समन्वयमा गरिने जनाइएको छ ।

यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले अरनिको राजमार्गको मर्मत तथा सुधारका लागि चीन सरकारले उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रत्यायान नियमावली, २०८३ तथा सैनिक सेवा (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

शिक्षामन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

शिक्षामन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था