सांसद शाही – सार्वजनिक सेवा प्रसारण संस्था

सांसद शाही – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकार जनताप्रति उत्तरदायी बनेर मुलुकको समृद्धिमा अगाडि बढ्न सुझाव दिनुभयो ।

सांसद शाहीले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उहाँले जनताको आशा र भरोसाको दियो निभ्न नदिई त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।

“नेपालमा धेरै पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अपेक्षाअनुसार परिवर्तन हुन सकेको छैन”, शाहीले भन्नुभयो,“देशमा भएका सबै भ्रष्टाचारका फाइल खोलिनुपर्ने र पछिल्लो समय दल परिवर्तन मात्र नभई पुस्ता परिवर्तनसमेत भएकाले सोहीअनुसार काम हुनुपर्छ ।”

उहाँले निर्मला पन्त र इनिशा विकजस्ता घटनाका पीडितले समयमै न्याय पाउनुपर्नेमा जोड दिनुभयो । शाहीले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सांसद शाही – सार्वजनिक सेवा प्रसारण संस्था

सांसद शाही – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभामा तीन वटा अध्यादेश पेस

प्रतिनिधि सभामा तीन वटा अध्यादेश पेस

भारतीय सहयोगमा नेपालमा निर्माण हुने ७ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भारतीय सहयोगमा नेपालमा निर्माण हुने ७ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

हेटौँडामा यही चैत्र २६ गतेदेखि मैत्रीय पूजा हुने

हेटौँडामा यही चैत्र २६ गतेदेखि मैत्रीय पूजा हुने

सरकारी निकायमा अनियमितता वा भ्रष्टाचारजन्य कार्य भए कार्यालय प्रमुख नै जिम्मेवार 

सरकारी निकायमा अनियमितता वा भ्रष्टाचारजन्य कार्य भए कार्यालय प्रमुख नै जिम्मेवार 

डिपी अर्याललाई सभामुखको उमेदवार बनाउने रास्वपाको निर्णय

डिपी अर्याललाई सभामुखको उमेदवार बनाउने रास्वपाको निर्णय