प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी दररेट अनुसार करिब १४ लाख रुपैयाँ मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा सोभन्दा बढीपर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।

जग्गादाता गिरी र उहाँकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ । जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उहाँले बताउनुभयो । राखु भगवती प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुदै आएको छ ।

म्याग्दीको इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारको प्रहरी इकाईको अझै आफ्नै भवन छैन ।

सामुदायिक भवन र भाडाको घरबाट ती चौकी सञ्चालन भएका छन् । जग्गा प्राप्त प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको छ ।

सिञ्गा तातोपानी प्रहरी चौकीको हालै भवन निर्माण भएको छ । बेनीको जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनमा – सार्वजनिक सेवा प्रसारण संस्था

चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनमा – सार्वजनिक सेवा प्रसारण संस्था

मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य एजेण्डा

मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य एजेण्डा

चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न-उपसभापति शर्मा

चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न-उपसभापति शर्मा

कावा प्रमुख आयुक्त भण्डारी – सार्वजनिक सेवा प्रसारण संस्था

कावा प्रमुख आयुक्त भण्डारी – सार्वजनिक सेवा प्रसारण संस्था

शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य